काठमाडौं । लागु औषधमा फसेका आफ्नै छोरालाई नयाँ जीवन दिन ट्रान्सफरमेशन नेपाल नामक सुधार गृहमा राखेकी विराटनगरकी (नाम परिवर्तित) सुनिता भट्टले छोरालाई रमेश भट्ट नयाँ जीवन पाउने आशामा सुधार गृहको फोन नम्बर मन्दिरका नाममा सेभ गरेकी थिइन् । १८ महिनादेखि सुधार गृहमा रहेको छोरालाई पटक पटक भेट्न आउँदा सञ्चालकले अहिले सुधार हुने प्रक्रियामा रहेकाले भेट्न नमिल्ने भन्दै सिसी क्यामेरा ध्यान गरेको देखाएर विदा गर्थे । यो अवधिमा झण्डै ५ लाख बढी शुल्क बुझाइसक्दा छोरा सुध्रिएर फर्किने बेला सुधार गृहबाट भागेको छोराले गुहार माग्दै आमालाई फोन गर्दा उनी छाँगाबाट खसे जस्तै भइन् ।
सुधार गृहमा आँफुले चरम यातना पाएपछि मध्यरातमा ताला फोडेर भागेको छोराले आफुमाथि भएको अत्याचार सुनाएपछि उनकी आमा छाङ्गाबाट खसेजस्तै भईन् । गृहको हर्कत सुनाइरहँदा उनीसँगै भागेको अन्य १२ जनाको पीडा उस्तै थियो । यो हामीले जनचेतनाको लागि फेरी पोस्ट गरेका छौ ।