दु:खद खबर : हिडदा हिड्दै पहिरोमा परि एक महिलाको मृत्युु

  • प्रकाशित मिति: शुक्रबार, पुष १३ २०७५
  • तामाकोशी

गुल्मी।बाग्लुंग जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा ८ घण्टा सम्म खोला नै थुनिने गरि गएको पहिरोमा फेरी आज पहिरो गएकजानकारी प्राप्त भएको छ। पहिरोमा परि एक महिलाको मृत्यु समेत भएको समाचार प्राप्त भएको छ। अर्घाखाँची वल्कोट घर भई हालवुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन (मियानी) को मृत्यू भएको हो । वुर्तिवाङ वाट चाड मनाउन अर्घाखाँची तर्फ जाँदैगर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो । खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने पहिरोवाट बच्न सफल भएकाछन्।

।विद्युत चुहावट नियन्त्रण गर्न गएका प्रहरीले धरपकड गरिरहेको देखेर त्रसित भई वेहोस हुँदा सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर २ कमलपुरमा आज एक महिलाको मृत्यु भएको छ ।नेपाल विद्युत प्राधिकरण राजविराजका कर्मचारीसँगै विहान ४ बजेतिर पुगेका प्रहरीले महिलालाई पक्राउ गर्न खोज्दा हृदयघात भएर ४० वर्षीया सवितादेवी झाको मृत्यु भएको हो । भारतीय नाकासँगै जोडिएको सो टोलमा पटक पटक भएको डकैतीले स्थानियहरु त्रसित रहने गरेका कारण सुतेकै बेला प्रहरीले डकैती शैलीले घरमा प्रवेश गरेर छोरालाई पक्राउ गर्ने क्रममा बन्दुकधारी प्रहरीले शैली देख्दा डरले हृदयघात भएको मृतकका आफन्तजन पंकज झाले बताए ।



महिलाको मृत्यु भएपछि आक्रोशित भएका आफन्तहरुले प्रहरीको शैलीलाई विरोध गर्दै मृतक परिवारलाई उचित राहत दिनुपर्ने माग गरेका छन् । यता प्रहरी चौकी झुटकीबाट खटिएको टोलीले शव पोष्टमार्टमकालागि राजविराज लग्ने प्रयास गरे पनि स्थानीयले अवरोध पुर्याएका छन् । प्रहरीको शैलीमा सुधार तथा मृतक परिवारलाई राहतको व्यवस्था नभए शव पोष्टमार्टमका लग्न नदिने वडा अध्यक्ष ललित नारायण सिंहले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले प्रहरीलाई हेरेरै महिलालाई डरले हृदयघात भएको बताए । विद्युत चोरी नियन्त्रणका क्रममा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीसँगै जाने नियमित प्रक्रिया भएकोले झा हृदयरोगी भएकोले संयोगले मृत्यु भएको हुनसक्ने उनले बताए । यद्यपी उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए। स्रोत- न्युज संसार