रामेछाप । पौष ११ गते,
नेपाल रेडक्रस सोसाईटी रामेछापले मन्थली नगरपालिकाका अपाङता भएका नागरिकहरुलाई सहयोगि सामाग्रि वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत बुधबार ती सामाग्री वितरण गरिएको हो । 
रेडक्रसले भूम्पक प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको मन्थली नगरपालिकाको मन्थलीका विभिन्न किसिमका शारिरिक अपांगता भएका १५ जना नागरिकहरुलाई ती सामाग्रि वितरण गरिएको रेडक्रसका जिल्ला सभापति शिवकुमार कार्कीले जनाकारी दिए । यसैगरी रामेछाप नगपालिकाको रामपुरका त्यस्ता नागरिकहरुलाई पनि ती सामाग्रि वितरण गरिने उनले जनकारी दिए ।
नेपाल रेडक्रसका केन्द्रियम महामन्त्री देवरत्न धाख्वाली ती सामाग्रि वितरण गरेका थिए । कार्यक्रममा बोल्दै धाख्वाले नेपालमा अहिले धेरै काम गर्नु पर्ने भएकोले जसले जे सक्छ त्यही गर्नु पर्ने बताए । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले अब अपांगता भएका नागरिकहरुलाई नगरपालिकाका उपप्रमुख र गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बन्ने समितिले अपांगता परिचयपत्र वितरण गर्ने जानकारी दिइन् ।
कार्यक्रममा अष्ट्रेलियन रेडक्रसका प्रतिनिधि मुकेश शर्मा, नेपाल रेडक्रसकी केन्द्रिय निर्देशक पूजा कोइराला लगायतले बोल्नु भएको थियो ।
अपाङ्ता भएकाहरुलाई रेडक्रसद्वारा सहयोगी सामाग्रि वितरण
- प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
- तामाकोशी