सधैका लागि बिदा मागिन धर्तिबाट रविकी आमाले,यस्ती थिइन रवि ओडकी ममतामयी आमा ! हेर्नुहोस अन्तिम भिडियो,जुन भिडियोले रुवाउछ सारा नेपालिलाई

  • प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
  • तामाकोशी

काठमाडौं । नेपाल आइडल सिजन – २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान रविकी आमाको करेन्ट लागेर ज्यान गएको हो । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडले घरमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेपनि ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

घटना भए लगत्तै उनलाई उपचारका लागी लगीए पनि बचाउन नसकीएको पारिवारिक स्रोतले जनाउको छ । बाल्यकालमा नै जन्मदिने आमालाई गुमाएका रविले नेपाल आइडलको ताज जिते लगत्तै सौतेनी आमा विष्णालाई गुमाउन पुगेका छन् ।