दैवले ठगिएका रवि !! कुनै सीप नलागेसी,रवि ओडले गरे रुदै चिच्याउदै चिकित्सकलाई गरे अस्पतालमा फोन,आमाको अल्पआयु मै आमाको निधनले ३ करोड नेपाली शोकमा

  • प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
  • तामाकोशी

काठमान्डौ , दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो ।प्रहरीकाे अनुसार बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हाे। बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरे गरेकाे छ ।कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् ।
बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो।विष्णा रविकी कान्छी आमा हुन् ।

जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ ।
आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्प ताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।