नेपालि साहित्तिक फाटका एक होनहार व्यक्ति गुमायो – ’आदिकवि’ जीतबहादुर सिंजाली मगर टिपरको ठक्करबाट मृत्यु

  • प्रकाशित मिति: सोमबार, पुष ९ २०७५
  • तामाकोशी

काठमाडौं । टिपरको ठक्करबाट मगर भाषाका ’आदिकवि’ जीतबहादुर सिंजाली मगरको निधन भएको छ। मगर भाषामा साहित्य रचना गर्ने पहिलो व्यक्ति भएका कारण मगर समूदायको आदिकविका रूपमा चिनिएका सिंजालीको आइतबार पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु खण्डको बनकसीमा टिपरको ठक्करबाट निधन भएको प्रहरीले जनाएको छ।

सिंजाली आइतबार बिहान लमहीबाट बुटवलतर्फ जाँदै गर्दा कपिलवस्तुको बनकसीमा गाडीले यात्रुलाई शौच गराउने क्रममा सडक काट्दै गर्दा टिपरले ठक्करले दिँदा उनको निधन भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिंजालीका झोलामा भएका नम्बरमा फोनका आधारमा पहिचान भएकाले उनको शव बुझ्न आफन्त आउन लागेको जनाएको छ। मृतक सिंजालीको शव अहिले कपिलवस्तुको बहादुरगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।सिंजालीलाइ लु १ ख ५४९५ नम्बरको टिपरले ठक्कर दिएको हो। ठक्कर दिने टिपर चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखिएको छ। ओएस नेपाल