राष्ट्रपति चढ्न किनेको हैन हेलिकप्टर सुत्केरी महिला बोक्न किनेको हो – मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

काठमाडौँ । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भिभिआइपीका लागि भनेर खरिद गरेको हेलिकोप्टरले दुर्गम गाँउमा सुत्केरी हुन नसकेका महिलालाई समेत बोक्ने भन्दै त्यसको बचाउ गरेका छन् । ‘राष्ट्रपतिकै लागि भनेर हेलकोप्टर खरिद गरेको होइन, यो राष्ट्रपतिलाई समेत कुनै जानकारी छैन, तत्कालीन सरकारले गरेको निर्णयाअनुसार खरिद प्रक्रियासमेत अघि बढेको अवस्थामा राष्ट्रपतिलाई मुछेर विवादमा खान्न खोजिएको छ । त्यो हेलिको प्टरले भिभिआइपीमात्रै बोक्दैन , दुर्गम गाउँमा सुत्केरी हुन नसकेका महिलालाई उपचारका लागि ल्याउँछ,’ उनले भने ।

सो हेलिकोप्टरलाई गृह मन्त्रालयको निर्णयबिना अरुले सञ्चालन गर्न नपाउने व्यवस्था पनि गरिएको उनले बताए। सरकारले उपचारबाट वञ्चित भएका सुत्केरी हुन नसकेका महिलाको उद्धार हेलिकोप्टरबाट गर्ने निर्णय गरिसकेको जानकारीसमेत मन्त्री बाँस्कोटाले दिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।