नेपाल आइडलको टप ४ मा पुगेका कन्चनपुरका रवि ओडको घरमा पुग्दा त्यहाँको दृश्य बेग्लै देखियो । रविको घरमा उनका आफन्तहरु जम्मा भएका थिए कारण एउटा नै थियो रविले पाएको सफलता र परिवारमा छाएको खुसीको उमङ्ग । सुरुमा उनकि आमालाई सोध्दा उनले आफु निकै खुसि रहेको बताइन । छोराको सफलताले सपरिवारमा आजसम्म कहिल्यै नआएको खुसि आइगुगेको कुरा उनको अनुहारले पनि बताइरहेको थियो । रविलाई जन्माउने आमा यो संशारमा छैनन् तर उनकी कान्छी आमाले नै आमाको मायामा कहिल्यै कमि गरिनन् र त रविलाई आमाको मायाको कमि कहिल्यै भएन ।
रवि सानै छदा आमाको बिरामी भएर मृत्यु भयो । उनकी ठुली आमा भन्छिन यति उपचार गर्न सकिएको भए अकालमै उनले ज्यान गुमाउनु पर्ने थिएन । तर के गर्नु गरिबीले च्यापेको त्यो सामान्य परिवारलाई रोगले जित्यो फलस्वरुप रविले आफ्नी आमालाई गुमाउनु पर्यो । उनकी ठुली आमा भन्छिन अहिले कि आमा भगवान जस्ती भएर नै साना लालाबालाहरुले कहिल्यै आमा गुमेको अनुभब गर्न परेन । समाजमा अरुलाई समेत संदेश दिंदै छोराछोरीलाई कहिल्यै विभेदको भावना राखिनन । राम्रो संग नेपाली बोल्न नसक्ने रविको आमा अनुहार बाटै आफ्नु खुसीलाई ब्यक्त गर्छिन । ठुली आमाले रविलाई जन्माउने आमाको स्मरण गर्दै भनिन: रवि सानै छदा गीत गुनगुनाउदै हिड्थे त्यो देखेर आमा भन्थिन दिदि यो पछी ठुलो भएर कलाकर नै बन्छ होला है ? हुन पनि त्यस्तै भयो यतिबेला रवि सबैको मन मुटुमा बस्न सफल गायक बनिरहेका छन । सामान्य परिवारमा जन्मिएर हुर्किएका उनले नेपाल आइडलमा आएर यो सफलता हसिल गर्नु आफ्नो जीत ठान्छन ।
रविका ठुला बुवा रविको सफलता र आफ्नो भाइले अर्काको देशमा बसेर लामो समयदेखि गरिरहेको दुखलाई सम्झिदै भक्कनिएर रोए । उनि भन्छन रविको बुवाले धेरै दुख गरेर उनिहरुलाई हुर्कायो । अहिले पनि आफ्ना छोरा छोरीको सफलता र खुसीको लागि दुख गरिरहेको छ । दिनभर वाच्म्यानको नोकरी गर्ने रविका बुवा एका बिहानै अध्यारोमा उठेर गाडी धुन्छन । बिगत २५ वर्षा देखि यहि काम गरिरहेका बुवालाई स्वदेशमै फर्काएर यतै केहि गर्न लगाउने रविको चाहना छ ।
यतिबेला नेपाल आईडलको फिनालेफाईनलका लागि ४ जना प्रतिष्पर्धामा रहेका छन् । नेपाल आईडलको फर्म्याट अनुसार अडिसन हुदै त्यसपछिकाे लामाे यात्रा पार गर्दै सुदूरपश्चिम धनगढीबाट रवि ओड सहित पश्चिम पोखराका बिक्रम बराल र पूर्वको झापा बाट अश्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको फिनालेमा पुग्न सफल भएका छन् । फिनालेमा पुगेका ४ जनाबाटै नेपाल आइडलको टुंगो लाग्नेछ । फिनाले नजिकिए संगै आइडलको रौनक समेत निकै बढेको पाइएको छ । सिजन २ को धनगढी अडिशनबाट नेपाल आईडलको यात्रा तय गरेका रबिले हरेक पटक आफुले उत्कृष्ठ गीत गाउँदै निर्णायाक, दर्शक तथा संगीत पारखिको मन जितेका छन् । रबिले आफुलाई बिजयी बनाउन मोवाईल मार्फत एसएमएस र रेस्पेक्ट मोवाईल एप्लिकेशन मार्फत भोट गरिदिन आव्हान गरेका छन् । मोवाईलको म्यासेज बक्समा गएर रबिको भोटिङ कोड १० टाईप गरी ३१००९ मा भोट गरीदिन देश बिदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् । भोट पौष ६ गते बेलुका ५ बजेसम्म मात्रै हाल्न पाईने भएकोले जतिसक्दो छिटो र जतिसक्दो धेरै भोट गरिदिन उनको अनुरोध छ । रबिले सुदूर तथा कर्णाली प्रदेशको संस्कृति झल्किने डेउडा, लोक गीत तथा आधुनिक, राष्ट्रिय, पप लगायतका गीतमा उत्कृष्ठ कला पस्किँदै सबैको मन जित्न सफल भैसकेका छन् । नेपाल आईडलको मञ्चमा उनले गाएका सबैजसो गीतमा जजले प्रशंसा गरेका थिए ।