सामाजिक संन्जाल फेसबुकमा मोडल भिम खडकाले गरे भोट गर्न अपिल

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण सम्पन्न भएसंगै भोटिङ भैराखेको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।

प्रमाण पत्र वितहरण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । एपिक म्युजिक अवार्डको “आशुको ढिका”गीतबाट बेस्ट मोडल पुरुष तर्फ भिम खडकाको नाम पनि रहेको छ । मोडल खडकाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आम दर्शक स्रोतालाई भोट गर्न आग्रह गरेका छन् । खडकालाई भोट गर्नको लागि type EMA space 265 टाईप गरि 38687 पठाउन सक्नुहुनेछ ।