रामेछाप । पौष ६ गते,
जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछाप जिल्लाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ । अहिले ट्राफिक नियम विपरित संचालन भएका सवारी तथा ढुवानी साधनको चेकजाच र कारवाहीमा निकै कडाई गरिएको छ । 
मंसिर महिनामा मात्रै ट्राफिक नियम विपरित संचालन भएका सवारी तथा ढुवानी साधन कारवाहीबाट ६ लाख ६ हजार जरिवाना संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख पहरी सहायक निरिक्षक कुशहरि भण्डारीले जानकारी दिए ।
उनका अनुसार एक महिनाको अवधीमा साना तथा ठुला गरी ८ सय ८४ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक व्यवस्थापनमा निकै कडाई गरिए पनि मंसिर महिनामा जिल्लामा ४ वटा दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परि एक महिनाको अवधिमा एक जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको तथ्याङक छ ।
दुर्घटना हुन नदिन पछिल्लो समय रामेछाप ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा नियम बिपरित सवारी चलाउने चालक माथि कडा निगरानी बढाएको छ । दैनिक ६ सय भन्दा बढि सवारी आवागमन हुने रामेछाप जिल्लाको कुनैपनि क्षेत्रमा जोखिमपुर्ण यात्रा नगर्न नगाराउन ट्राफिक प्रहरीले आह्वान समेत गरेको छ । प्रहरीले अहिले जिल्लाको ग्रामिण भेगमाभन्दा शहरी क्षेत्रमा सवारी तथा ढुवानीका साधनको चेकजाचमा कडाई गरेको छ ।
रामेछापको ट्राफिक व्यवस्थापनमा थप कडाई
- प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
- तामाकोशी