काठमाडौंमा भ्यानको ठक्करबाट रामेछापका अनिल श्रेष्ठको मत्यु

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

काठमाडौं । पौष ६ गते,
काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । विहिवार बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो । मृतक अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।