सबैको चाहाना हुन्छ कसरी सजिलो र छिटो तरिकाले पैसा कमाउने अनि सम्पन्न बन्ने । एउटा उखान छ पैसा बाघको मुखमा हुन्छ ।
यो सत्य पनि हो जोकोहीले सजिलै र छोटो समयमा धेरै पैसा कमाउन सक्तैन ।
पैसा कमाउने पनि एउटा कला हुन्छ , जुन सबैलाई आउदैन । बजारमा पैसा कमाउने पनि आ–आफ्नै टे«न्ड छन् । यसका लागी कसैले व्यवसायमा लगानी गर्छन् भने कसैले आफ्नो कुशल तरिकाबाट लाखौँ करोडौँ कमाउँछन् ।
यसको गतिलो उदाहरण हो अमेरिकाको फ्लोरिडानिवासी एक महिलाले आफ्नो पिसाब बेचेर घरै बसी–बसी मासिक लाखौं रुपैयाँ कमाउँदै आएको घट्ना । सुन्दा अचम्म लाग्ला र विश्वास गर्न पनि गाह«ो हुन्छ । पिसाब बेचेरै पैसा आउने भए मान्छेले किन पैसाको लागी अनेक दुःख गर्नुपथ्र्यो भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो । तर यो साँचो कुरा हो ।
अमेरिकाको एक कलेज पढ्ने एक युवतीले दुई वर्ष पहिले एक अनलाइन एन्ड सर्भिसमा आफ्नो पिसाब बिक्रीका लागि विज्ञापन दिएकी थिइन, जसमा लेखिएको थियो ‘म तीन महिनाकी गर्भवती छु । जसले मेरो पोजेटिभ प्रेग्नेन्सी परीक्षण गरी पिसाबलाई खास कामका लागि प्रयोग गर्न चाहन्छ, म उसलाई दिन सक्छु । पिसाबको एक वा दुई थोपाका लागि म २५ डलर लिन्छु ।’ जब अरु मानिसहरुलाई यो थाहा भयो, उनीहरु सबै चकित भए ।
उनको यो अनोठो विज्ञापन पश्चात उनको पिसाब किन्न मानिसको ओइरो लाग्यो विशेष गरेर उनको पिसाब किन्ने अन्य युवती र महिलाहरु थिए । अमेरिकी मिडियाका अनुसार उनले उक्त पिसाबबाट प्रेग्नेन्सी परीक्षण गर्थिन् र पोजेटिभ प्रेग्नेन्सी टेस्ट देखाएर पुरुषलाई पनि ब्ल्याकमेल गर्ने गर्थिन् । यसरी उनले आफ्नो पिसाब बेचेर दैनिक २ सय डलर अर्थात २२ हजार रुपियाँ भन्दा बढि कमाएकी थिइन् ।
उनको यस्तो व्यापार पश्चात एक न्युज च्यानलले यो विषयका बारेमा पत्ता लगाउनका लागि स्टिङ अपरेसन गरेपछि उनले त्यसरी झुटो व्यापार गरि अरुलाई ब्ल्याकमेल गर्ने कुराको खुलासा भयो । यो विषयमा समाचार सार्वजनिक भएपछि उक्त विज्ञापनलाई पनि हटाइएको थियो । एजेन्सी