कस्तो अचम्म ! छाेराले छुरा प्रहार गरी बाबुको हत्या !

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २८ २०७५
  • तामाकोशी

मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश मण्डल र कान्छी श्रीमतीका छोरा २२ वर्षिय चुनु मण्डलबीच घरायसी विषयमा भएको बिवाद चुलिँदा बाबुको हत्या गरेको बताइएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोबेल अस्पताल लगिएको र उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।