काठमाडौं । मंसिर २६ गते,
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट नसारिने दावी गरेका छन् । बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले राजधानी तलमाथि गरेमा भौतिक संरचना तयार पार्नमै समय खेर जाने भन्दै हेटौंडा नै कायम गरिने बताएका हुन् । मुख्यमन्त्री पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी पनि गरेका छन् । मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ भनेर हिँडिरहेको अवस्थामा राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे ।
प्रहरी हेडक्वाटरबाटै भयो एक अर्को खुलासा निर्मलाको पोष्टर च्यात्दै हिंड्ने प्रहरीले समात्यो बलात्कारी, कहाँ पुग्यो अनुसन्धान ? (हेर्नुहोस् भिडियो)
- प्रकाशित मिति: बुधबार, मंसिर २६ २०७५
- तामाकोशी