हस्तमैथुन गर्नु पाप होइन हुनसक्छन यति धेरै फाईदा

  • प्रकाशित मिति: बिहिबार, मंसिर २० २०७५
  • तामाकोशी

हस्तमैथुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अश्लील उत्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठान्छन् । तर विज्ञानले भने हस्तमैथुनलाई गलत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ ।

आफैलाई मनोरञ्जन दिनका लागि जब तपाई आफ्ना गुप्ताङ्गहरुलाई छुनु हुन्छ तब त्यसैलाई हस्तमैथुन मानिन्छ । मानिसहरु यसलाई धेरै तरिकाबाट गर्छन् ।



हस्तमैथुनको दौरानमा मानिस आफ्नो दिमागमा सुन्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ ।

हस्तमैथुन कुनै पनि कोणबाट गलत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ । यो एकदमै सही व्यवहार हो । यो आनन्द महसुस गर्ने एउटा प्राकृतिक उपाय हो । तर सार्वजनिक स्थानहरुमा भने हस्तमैथुन अप्राकृतिक, गैरकानुनी र अमर्यादित व्यवहार हो ।

यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्रवल रुपमा उत्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ ।

हस्तमैथुन गर्नाले तपाईको शारीरिक विकासमा कुनैपनि अवरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना कम हुन्छ ।

वास्तवमा यसले मानिसको तनावलाई कम गर्नुका साथै खुशीका हार्मोन ‘इंडाँरफिङ्स’ उत्पन्न गराएर शरीरमा आनन्दको अनूभुति गराउँछ । यसले तपाईलाई सुत्नमा मद्दत गर्नुका साथै निजी अंगलाई सक्रिय राख्ने काम गर्छ ।

यसलाई सुरक्षित यौनक्रियाको एउटा असल तरिका मानिन्छ ।

केटीहरु हस्तमैथुनको समयमा आफ्नो गुप्ताङ्गमा केही राख्छन् । यो कुनै सेक्स ट्वाय पनि हुनसक्छ तर यसलाई तबसम्म मात्र सुरक्षित मानिन्छ जबसम्म तपाईलाई कुनै कष्ट हुँदैन ।

यो अभ्यास गरिरहँदा तपाईले प्रयोग गरेको बस्तु ब्याक्टेरियामुक्त हुनुपर्छ ।

जीवनमा यी कुरा सधैं गोप्य राख्नुस् नत्र पछुताउनुपर्ला !

एजेन्सी । भनिन्छ मानिस जति धेरै बढी फ्र्यांक भयो उ त्यति नै खुशी हुन्छ । तर जति नै फ्र्यांक नै भएपनि जीवनमा केही कुराहरु भने सदैव गोप्य राख्न जरुरी हुन्छ ।पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । मानिसले सदैव गोप्य राख्नुपर्ने केही कुराहरु निम्न छन्:

रतिक्रिडाः रातको रातको समयमा गरिएको क्रिडा अर्थात स्त्री र पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग कहिल्यै भन्नु हुँदैन । त्यस्ता क्रियाकलाप अरुसँग भनेर कुरा होइन । जीवनमा यौन सम्बन्धको विषयमा कसैसँग भन्यो भने कुनै न कुनै दिन नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन्छ ।

धन हानीः भनिन्छ नि सुख बाँडे घट्न दुःख बाँडे बढ्छ । त्यस्तै हो जीवनमा आफूलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि भन्नु हुँदैन । तपाईसँग पैसाकै कारण नजिकिएका धेरै मानिसहरु तपाईसँग पैसा छैन भन्ने थाहा पाउने वित्तिकै टाढिन सुरु गर्छन् ।

घर परिवारको झगडाः परिवारमा झगडा हुनु सामान्य विषय हो । तर घरमा झगडा भयो भन्दैमा अरुलाई यस विषयमा भन्नु हुँदैन ।परिवारका झगडा घरभित्र नै गोप्य रहेमात्र समाजमा सम्मानित हुन सकिन्छ । तपाइँको परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

गुरुले दिएको मन्त्रः गुरुले शिष्यलाई दिएको मन्त्र पनि गोप्य राख्नुपर्ने विषय नै हो । मन्त्र कसैलाई पनि भन्नु हुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । गुरुले दिएको मन्त्र सिद्ध हुन सक्छ ।

दानः जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नु हुँदैन । दान धर्म भनेको अरुलाई भनेर गर्ने चिज होइन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।

अपमानः जीवनमा आफू अपमानित भएको कुरा कसैलाई भन्नु हुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाइँको मजाक बनाउन सक्छन् ।