रामेछाप, मंसिर १६ गते । गैर सरकारी संस्था महासंघ नेपालको ९ औ महाधिवेशनबाट मिलनकुमार घिसिङ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । गैसस महासंघ एवं सामाजिक क्षेत्रमा क्रियाशिल घिसिङ रामेछाप जिल्लाको तर्फबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित गराउन सहयोग गर्ने सबै सुशचिन्तकहरुप्रति केन्द्रीय सदस्य घिसिङले आभार व्यक्त गर्नुभएको छ। ६९९ मत खसेकोमा घिसिङले ५१८ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
मिलनकुमार घिसिङ गैसस महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित
- प्रकाशित मिति: आइतबार, मंसिर १६ २०७५
- तामाकोशी