यो दुनियाँ बडो अजिबको छ, किनकी यहाँ दिउँसै सपना देख्नेहरुका लागि असम्भव भन्ने कुरा धेरै पर छैन । चाहे जस्तोसुकै परिस्थिति होस, शरीरका कुनै अंग नै नहोस्, गर्छु भनेर लागि पछि नहुने कुरा नै छैन भन्ने उदारण उहाँ थुप्रै छन् । किनकी हरेक कुरामा आकर्षणको नियम लागु हुन्छ, जुन करामा बढी आकर्षण हुन्छ, लगाव रहन्छ आखिर त्यही मान्छे लक्ष्यमा पुग्न सकिन्छ ।
यस्तै फरक जिवन जिउनेहरुको लिस्टमा नृत्यकार रोमा न्यौपने पनि पर्छिन् । जिवनको ८ औं वसन्तमै एउटा खुट्टा गुमाउनु पर्दा उनले धेरै कुरा सहनु पर्यो तर हार खाइनन् । बरु टिभी हेरेरै नाँच्न सिकिन्, विश्वका थुप्रै मुलुकहरुमा आफ्नो प्रस्तुति देखाइन् । उनको नृत्य बडो गज्जबको छ, जो पनि लठ्ठा भएर हेर्छन् उनलाई । उनको नृत्य मन नपराउने मान्छे नै छैन भन्दा खासै फरक नपर्ला ।
नृत्यमा परांगत रोमाको पनि आफ्नै कहानी छ, संघर्षको लामो कथा छ, प्रेमका कुरा देखि दुनियाँका भेदभावको अनुभव छ । एउटै खुट्टा भए पनि उनलाई कुनै फिक्री छैन । सबै काम गर्छिन अनि अरु जस्तै दैनिकीमा व्यस्त पनि रहन्छिन् । कुनै दिन यो दुनियालाई अझै केही गरेर देखाउने धोको बोकेकी रोमा थाकेकी छैनन्, निरन्तर अघि बढिरहेकी छिन् ।
हेर्नुहोस् उनै रोमासँग गरिएको अन्तरंग कुराकानी…