सुदूरपश्चिमको आलो घाउ सेलाउन नपाउदै सप्तरीमा बस दुर्घटना : ५ जनाको मृत्यु, ३ दर्जनभन्दा बढी घाइते, धेरैको अवस्था चिन्ताजनक

  • प्रकाशित मिति: शुक्रबार, मंसिर ७ २०७५
  • तामाकोसी खबर

सप्तरी । जिल्लाकाे भारदह–राजविराज सडकखण्डमा पर्ने मनसापुर चोकमा शुक्रर साँझ बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य ३ दर्जन भन्दा बढी घाईते भएका छन् । सुनसरीको बराह क्षेत्रबाट राजविराज आउँदै गरेको तीर्थयात्री बोकेको बस तीव्र गतिमा रहेको कारण पोखरीमा खसेको प्रहरीको अनुमान रहेको छ ।

डिएसपी भावेस रिमालले जानकारी दिएको जाकारी अनुसार को१ख २७९९ नम्बरको बस शुक्रबार बेलुका ८ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटना स्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको प्रहरीले बताएको छ । घटनामा घाइते भएका धेरैको अवस्था चिन्ताजनक रहेको र उनीहरुको हाल गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले जानकारी दिए । मृतक कसैको पनि सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।