रामेछाप । मंसिर १ गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ भुजिमा कृषि महोत्सव हुने भएको छ । शनिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी मंसिर १६ गते देखी २१ गते सम्म “प्राकृतिक बर्दान, अर्गानिक उत्पादन” भन्ने नाराका साथ उमाकुण्ड कृषि महोत्सव २०७५ हुने बारे जानकारी दिएको हो । गाउँपालिका , वडा कार्यालयहरुसंगको समन्वय र सहयोगमा राजेश पशुपालन विकास फार्म र अन्जान कृषि तथा पशुपालन फार्मले कृषि महोत्सव आयोजना गर्न लागेको हो ।
पत्रकार सम्मलेनमा महोत्सवका संयोजक राजेश सिंह बराइलीले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको पवद्र्धन र विसका लागि महोत्सव गर्न लागेको बताए । महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न अर्गानीक कृषि खाद्य प्रदर्शनी , विभिन्न नेपाली खानाका परिकार,३० केजीको विभिन्न जानका माछा र उमाकुण्ड गाउँपालिकाका किसानहरुले उत्पादन गरेको रोचक, नौलो तथा अनौठा पशु तथा पंक्षीहरुको पदर्शन गरिने उनको भनाई छ । २५ लाख भन्दा माथि खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा डुंगाबाट पोखरी भ्रमण गर्न र रोटे पिङ खेल्न पनि पाइनेछ ।
अनुमानित ३० हजार आन्तरिक तथा बाह्य पर्यटकलाई उमाकुण्डमा रहेको विभिन्न स्थानहरुको अवलोकन गराउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा कृषि सम्बन्धी वृत्तचित्र पदर्शन , ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रम , कृषक र विज्ञहरुविच संवाद , किसान सम्मान कार्यक्रम र भाग्यशाली कृषकहरुलाई १ सय ६० सिसिको पल्सर मोटरसाइकल उपाहर दिने कार्यक्रम रहेको संयोजक बराइलीले बताए । उनले आफुहरुले ठुलो चुनौतीका साथ जिल्लामै पहिलो पटन गर्न लागेको कृषि महोत्सवलाई सफल पार्न सहयोगका लागि सबैमा आग्रह पनि गरे ।
रामेछापको भुजिमा उमाकुण्ड कृषि महोत्सव २०७५ हुने
- प्रकाशित मिति: शनिबार, मंसिर १ २०७५
- तामाकोसी खबर