कमल सरगम-काठमाडौं ।दोहोरीको इतिहासमा कुनै समय त्यस्तो समय थियो जुन बेला बद्री पंगेनी टेलिभिजन पर्दामा लाइभ दोहोरी सहित आउथे त्यो बेला आम दर्शक गाउँघरमा छिमेकीको घरमा पुगेर बद्री पंगेनीको प्रस्तुति हेर्न आतुर हुन्थे।जव पंगेनीले आफुले गीतबाट कार्यक्रम सुमधुर आवाजमा सुरुवात गर्थे उनलाई वा वा गर्नेहरुको लर्को लाग्थ्यो तर कारण बस लामो समयसम्म उक्त कार्यक्रम टेलिभिजन पर्दाबाट बन्द भयो तव दर्शकले उक्त प्रतक्ष दोहोरी र बद्री पंगेनीको सोहि प्रस्तुति बिर्सिए जस्तै भयो हाल उक्त दोहोरी जस्तै कार्यक्रमहरु धेरै टेलिभिजन सेटमा आए एता नेपाल टेलिभिजनले भने प्रशारणलाई निरन्तरता दिन सकेन।
एक्कासी केहि दिन अगाडी बद्री पंगेनीले उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण भएर बन्द भएको प्रत्यक्ष दोहोरी गायन कार्यक्रमले पुनः प्रशारण हुन् लागेको जानकारी दिएका छन ।कार्यक्रमको सुरुवात भने पहिले राम प्रसाद खनालले सञ्चालन गर्दै आएको थिए र पछि उनि अमेरिका भासिए सोहि क्रममा उक्त कार्यक्रम संचालकको जिम्मा बद्री पंगेनीले प्राप्त गरेका थिए।
पहिले नेपाल टेलिभिजनले प्रशारण गर्ने उक्त कार्यक्रम अब भने एनटीभी टु मा प्रसारण हुनेगरी नेपाल टेलिभिजनकै निर्माणमा प्रत्यक्ष दोहोरीले निरन्तरता पाउने भएको छ।उक्त कार्यक्रमको संचालकको रुपमा उनै सुमधुर आवाजका धनि गायक तथा हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य बद्री पंगेनीलेनै गर्ने भएका छन।
आज अर्थात् कार्तिक ३०गतेबाट उक्त कार्यक्रमको छायांकन हुने पंगेनीले लालीगुराँस डटकमलाई जानकारी दिनु भएको छ।राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने उक्त कार्यक्रममा दोहोरीमय रहने पनि पंगेनीले बताए।बरिष्ट लोक दोहोरी गायक देखि फरक विधाका कलाकारहरुको पनि उपस्थित रहने जानकारी आएको छ।आजको दोहोरीमा भने चर्चित मोडल शंकर बिसी,हास्यकलाकार जितु नेपाल र राजा राजेन्द्र पोख्रेल,प्रभाब्साली नेता चन्द्र भण्डारी,समाजसेवी पृथ्वी थकाली लगाएत हाल समकालीन कलाकारहरुको समेत भेलामा उक्त कार्यक्रमको छायांकन हुने बताएका छन।यस कार्यक्रमको मुल्यांकनकर्ताको रुपमा प्रतिष्ठानका निबर्तमान अधक्ष्य चन्द्र शर्मा र बरिष्ठ उपाध्यक्ष रमेश बिजी रहने छन।दिउँसो ११ बजे देखि सुरु हुने उक्त दोहोरी कार्यक्रम केहि दिनमै टेलिभिजनमा हेर्न सकिने जानकारी प्राप्त भएको छ।पंगेनीलाई अग्रिम सुभकामना छ।