आफ्नो जन्म दिने आमालाई सम्झिदै यसरि झारे आशु रवी ओडले : आफ्नै क्षेत्रको मौलिक पोसाकमा रविले दिदै दमदार प्रस्तुति,भोटको अपिल

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २९ २०७५
  • तामाकोसी खबर

काठमाडौं, कार्तिक २९ । जारी नेपाल आइडल सिजन-२ मा ‘उत्कृष्ठ ८’ का प्रतिस्पर्धीले आज (बिहीबार) पनि आ-आफ्ना प्रस्तुति देखाएका छन् । उनीहरु सबैले आजको अंकमा मौलिक गीतहरु गाएका हुन् । आफ्नै क्षेत्रको मौलिक पोसाकमा प्रस्तुति देखाएका ‘उत्कृष्ठ ८’ प्रतिस्पर्धीले गाउँदा नेपाल आइडलको मञ्च नै विगतभन्दा आज उल्लासमय देखिन्थ्यो । सबैले मौलिक गीत गाउँदा उपस्थित दर्शक रोमाञ्चित थिए । यसैबीच, नेपाल आइडलमा सुदूरपश्चिमबाट बाँकि रहेका एक मात्र प्रतिस्पर्धी रवि ओडले पनि आजको अंकमा दमदार प्रस्तुति दिएका छन् । 

उनले आफ्नै क्षेत्र (सुदूरपश्चिम प्रदेश) को मौलिक गीत गाएका छन् । रविले बिहीबार रामचन्द्र काफ्लेले गाएको चर्चित लोकदेउडा ‘खेलौला देउडा चैतली’ गाएका छन् । उनले आज दोस्रो नम्बरमा आएर गीत गाएका थिए । अाज (बिहीबार) फेरि रवि भोटका लागि गीत गाउँदै छन् । उनको प्रस्तुतिलाई मन पराएर भोट गर्नेले तरिका थाह पाउन आवश्यक छ यस्तो छ रविलाई भोट गर्ने तरिका-



रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।