काठमाडौँ । आफ्नो ‘सेक्सी इमेज’का कारण अन्य महिलाले काम गर्न नमानेको अमेरिकी मोडल एमिली रटजकोस्कीले बताइन । रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पर्स बाजार अष्ट्रेलियासँग आफूसँग कुनै काम नभएको बताएकी छिन् । आफू अत्यधिक सेक्सी भएका कारण आफूसँग काम नभएको उनको धारणा छ । यो महिला विरोधी सोचजस्तै भएको एमिलीले बताएकी छिन् ।
पछिल्लो वर्ष एमिली र किम कार्दासियनको एक सेल्फी सार्वजनिक भएको थियो । उक्त सेल्फीमा दुबै बाथरुममा टपलेस थिए । एमिलीले आफ्नो उक्त सेल्फीको बचाउ पनि गरेकी थिइन् । एमिलीले भनेकी थिइन्, ‘हाम्रो शरिर कामुक हुनसक्छ । एक महिलाको रुपमा यो कुराको स्वतन्त्रता हुनुपर्छ कि उनले कति कामुकता प्रदर्शन गर्नुपर्छ ।’ एमिली ‘गन गर्ल’ र ‘आन्टुराश’ फिल्ममा पनि देखिएकी थिइन् । उनी हलिउडमा करियर बनाउन चाहन्छिन् तर आफ्नो स्वरुपको आधारमा होइन । एमिलीका अनुसार उनीबारे जति पनि प्रोफाइल लेखियो ती सबैमा उनी निक्कै सेक्सी भएको बताइएको छ । आफूलाई सेक्स सिम्बोलको रुपमा पेश गरिएको उनको धारणा छ ।