हरेकको शरीरमा दादको समस्या हुन्छ कहींन कतै !अब ५ सेकेन्डमै दाद निको पार्ने यी बिधि अपनाउनुहोस

  • प्रकाशित मिति: शनिबार, कार्तिक १० २०७५
  • तामाकोसी खबर

दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ। केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ।

सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ। यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ। तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ।



दादबाट सङ्क्रमित व्यक्तिले ख्याल गर्नुपर्ने कुराहरू –

– आफ्नो छालालाई सँधै सफा र सुक्खा राख्नुपर्दछ। धेरैदिनसम्म एउटै मोजा, अन्डरवेयर, गञ्जी लगाइराख्नुहुँदैन।

– कसिलो लुगा लगाउनुहुँदैन। दाद आएको भागमा हावा छिर्ने गरी लुगा लगाउनुपर्दछ।

– नुहाइसकेपछि पुरै शरीरलाई राम्रोसँग पुछ्नुपर्दछ। काखी, गुप्ताङ्ग, औँलाका काँपा, कान र घाँटीमा भएको पानीलाई पनि राम्रोसँग पुछ्नुपर्दछ। सफा कपडाले पुछ्ने बित्तीकै कहिल्यै पनि कपडा लगाइहाल्नुहुँदैन। पहिला हावाले सुक्न दिनुपर्छ अनि बल्ल सफा, खुकुलो लुगा लगाउनुपर्दछ।

– अरू कसैसँग आफ्नो व्यक्तिगत लत्ताकपडा, तौलिया, जुत्ता वा रुमाल सेयर गर्नुहुँदैन। लुगा धुँदा तातो पानी र एण्टिफङ्गस साबुनको प्रयोग गर्नुपर्दछ।

– यदि घरमा कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावर छ र त्यसको शरीरबाट सामान्यभन्दा धेरै कपालका रौँहरू झरेको छ भने तयसलाई तुरुन्तै पशुडाक्टरकहाँ जाँच गर्न लगिहाल्नुपर्दछ।

यस्ता छन् चिसोमा दादको समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु –

– काँचो बेसार
काँचो बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

– भिनेगर र नुन
भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस्। ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस्। दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।

– सयपत्रीको फुल
सयपत्रीको फुल दिनहु दाद आएको ठाँउमा तिन पटक दल्नाले केवल सात दिनमा नै दाद गायब हुन्छ ।

– लसुन
लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छालाको सङ्क्रमणको लागि अचुक ओखति हो । लसुन दाद आएको छालामा दैनिक २ पटक लगाउनाले

DC Nepal