एक्काईसौं शताब्दीमा जन्मियो गणेशको स्वरूप : हेर्नेको घुईचो,तपाई पनि हेर्ने कि ?

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०७५
  • तामाकोसी खबर

काठमाडौं । गणेशको रुप भएको बच्चा जन्मिएपछी अहिले उक्त बच्चाको तस्विरले भाइरल रुप धारण गरेको छ । घटना हो भारतको उत्तर प्रदेशको अलिगढ भन्ने ठाउँको । जहाँ गणेश भगवानको जस्तो रुप भएको बच्चा जन्मिएपछी हेर्न जानेको भीड लागेको छ । हालै मात्र अलिगढ भन्ने ठाउँमा गणेश भगवान जस्तै अनुहार भएको बच्चा जन्मिएपछि चिकित्सकले आनुवंशिक उत्परिवर्तनका कारण यस्तो भएको बताएका छन् । उनको अनुहारमा गणेश भगवानको जस्तै हात्तीको सुड पलाएको छ ।

उक्त बच्चाको जन्म अलिगढको एक सामान्य परिवारमा भएको र देख्ने हरेक मान्छेले उनलाई गणेश भगवानको अवतार भन्ने गरेका छन् । जुन तस्विर र भिडियोले अहिले ब्यापक चर्चा पाएका छन् ।