निर्मला हत्याकाण्ड:फेरी दुईजना प्रहरीले दिएको दोश्रो स्पष्टीकरणले दुनियालाई पर्यो चकित

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०७५
  • तामाकोसी खबर

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धानमा लापरवाही गरेको आरोपमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले दोस्रो स्पष्टिकरण बुझाएका छन् ।

प्रभावकारी कार्यसम्पादन तथा अनुसन्धान नगरेको आरोप लागेका विष्टले यसअघि हिजो पहिलो स्पष्टिकरण बुझाएका थिए । आजै अर्का प्रहरी निरीक्षक जगदीश भट्टले पनि दोस्रो पटक स्पष्टिकरण दिएका छन् । भट्टले पहिलो स्पष्टिकरण मंगलबार दिएका थिए । उनीहरूले हेड्क्वाटर मार्फत गृहमन्त्रालयमा स्पष्टीकरण बुझाएका हुन् । १३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै दुबै प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालयले बर्खास्त गर्न सिफारिस गरेको थियो । तर, गृहमन्त्रालयले स्पष्टिकरण सोध्न भन्दै बर्खास्तको पत्र फिर्ता पठाएको थियो ।



गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । धिरु बस्न्यातको संयोजकत्वमा गठित छानविन समितिले अनुसन्धानमा हेल्चेक्र्याईं भएको निष्कर्ष निकालेको थियो ।