उदयपुर । कार्तिक ८ गते,
उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा जनशक्तिको अभाव हुँदा उपकरणहरु प्रयोगविहीन बनेका छन् । स्वास्थ्य केन्द्रमा रहेका युएसजी मेसिन, एक्सरे, ईसिजी, भाइटल मनिटरलगायतका उपकरण जनशक्ति अभावकै कारण प्रयोगविहीन भएका हुन् ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सुधारका लागि करिव ७५ लाख रुपैयाँका उपकरण प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएको थियो । तर ती उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । गर्भवती जाँच, इसिजीबाट गरीने सामान्य जाँचबाहेक अन्य उपकरणबाट सेवा दिन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
दक्ष जनशक्तिको अभावमा उदयपुर स्वास्थ्य केन्द्रका उपकरण प्रयोगविहीन
- प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०७५
- तामाकोसी खबर