यसकारण आत्तिदै नेकपा अध्यक्ष प्रचण्डलाई मोदीले दिल्ली आउन दिए निम्ता…

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ८ २०७५
  • तामाकोसी खबर

कार्तिक ०८/ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भारत भन्दा चीन तर्फ बढी ढल्किएपछि भारत आत्तिएको छ । केही समयअघि मात्र भारत पुगेर फर्किएका अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेरी भारत आउन निम्ता पठाइएको छ । इन्डिया फाउण्डेसनले एक कार्यक्रमका लागि निम्तो पठाएपनि त्यो प्रधानमन्त्री नरेन्द्र मोदीको खेल भएको दावी गरिएको छ ।

चीनसँगको साँठगाँठ कसरी घटाउने भन्ने रणनीति अनुसार नै उनले प्रचण्डलाई बोलाएको बताइएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपीयको नाममा स्थापना भएको फाउण्डेसनले निम्ता पठाएको हो। यो कार्यक्रममा सहभागीसँगै प्रचण्डले त्यहाँ भारतिय प्रधानमन्त्री मोदीसँगै उच्च तहका नेताहरुसँग भेटघाट गर्नेगरी कार्यक्रम तय गरिएको छ ।



केही समय अगाडि नै निम्तो आएको भए पनि प्रचण्ड दिल्ली जाने टुंगो भने लागिसकेको छैन। पार्टी सचिवालय बैठक चलिरहेकाले प्रचण्ड दिल्ली जाने विषय टुंगो नलागेको उनको सचिवालयले जनाएको छ। ‘निम्तो आएको छ। तर, उहाँ दिल्ली जाने टुंगो लागेको छैन’, उनका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘जाने वा नजाने भन्ने टुंगो बिहीबार मात्र लाग्छ।’ प्रचण्डलाई फाउन्डेसनले शुक्रबारदेखि दिल्लीमा सुरु हुने कार्यक्रममा सहभागी हुन निम्तो पठाएको हो। प्रचण्डलाई उक्त कार्यक्रममा सम्बोधन गर्नेगरी निम्तो पठाइएको छ ।