रामेछाप सास्कृतिक कलाकार समाजद्दारा आयोजित दशै तिहार बिशेष कार्यक्रमको तयारी पुरा

  • प्रकाशित मिति: बिहिबार, असोज ११ २०७५
  • तामाकोसी खबर

काठमाडौ, असोज ११ गते ।
रामेछाप सांस्कृतिक कलाकार समाजद्दारा आयोजित दशै तिहार बिशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । बृहत सास्कृतिक कार्यक्रम सहित यहि असोज १३ गते काठमान्डौ सामाखुसी स्काइ पार्टि प्यालेसमा सम्पन्न हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी लगभग पुरा भएको हो ।
रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालका अुनसार कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार, पत्रकार सहित विभिन्न विषयमा ख्याति प्राप्त ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । सम्पुर्ण कलाकारहरुको हक हित र संरक्षणका लागि निरन्तर क्रियाशित रामेछाप सास्कृतिक कलाकार समाज पुराना कलाकारहरुलार्इ सम्मान र नयाँ कलाकारहरुलार्इ प्रोत्साहन भन्ने नारा सहित विगत लामो समय देखिनै सक्रिय छन्।
रामेछाप जिल्लाका सम्पुर्ण कलाकारहरूलाई समेटिएको एउटा बलियो सस्था रामेछाप सास्कृतिक कलाकार समाज विभिन्न बाधा अवरोधहरु संग जुद्दै केहि दिन अगाडि मात्रै आफ्नो ९ औ बार्षिक साधारणसभा भब्य रूपमा सम्पन्न गरेको थियोे ।
समाजले यहि असोज १३ गते शनिबार विहान ११ बजे काठमान्डौ सामाखुसि स्काइ पार्टि प्यालेसमा बुद्धिजिवी, समाजसेवी , पत्रकार लगाएत सम्पुर्ण कलाप्रेमीहरुलाई निमन्त्रणा गरिएको छ।