रामेछाप सास्कृतिक कलाकार समाजले विभिन्न कार्ययोजनाहरु पारित गर्दै नवौ बार्षिक साधारण सभा सम्पन्न गरे

  • प्रकाशित मिति: आइतबार, साउन २० २०७५
  • तामाकोसी खबर

काठमान्डौ, साउन २० गते ।
रामेछाप सास्कृतिक कलाकार समाजले विभिन्न कार्ययोजनाहरु पारित गर्दै आफ्नो नवौ बार्षिक साधारण सभा काठमान्डौमा सम्पन्न गरेको छ । काठमान्डौ नयाँ बसपार्कको माछापोखरी स्थित राजधानी रोधीघरमा शनिबार आयोजित साधारण सभाले चालु आ.व. भित्र विभिन्न सात वटा कार्यक्रमहरु गर्ने कार्ययोजना पारित गरेको हो ।
पारित कार्ययोजनाहरुमा समाजको अक्षयकोषको स्थापना गरिने, जिल्ला स्थित नगरपालिका र गाउपालिकामा कार्यसमिति विस्तार गरिने, दशैतिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिने, सांगितिक जनचेतनामुलक कार्यक्रम गरिने, स्वास्थ्य शिविरको संञ्चालन गरिने, सास्कृतिक महोत्सवको आयोजना गरिने तथा बनभोज कार्यक्रम गरिने लगाएतका छन् ।

समाजका अध्यक्ष प्रकाश कटुवालको अध्यक्षता तथा बरिष्ठ गायक कल्याणकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाले केहि निष्क्रिय पदाधिकारीहरु र सदस्यहरुलाई हेरफेर गरेको छ । जस अनुसार प्रबक्ताको रुपमा रहेको कुमार कार्कीलाई उपाध्यक्ष, सचिव युनिक विफा घिसिङलाई प्रबक्ताको जिम्मेवारी दिइएको छ । यस्तै सन्ध्या सानु सचिव, विबश बस्नेत र गणराज श्रेष्ठलाई कार्यसमितिको सदस्यमा मनोनित गरेको छ ।



समाजका अध्यक्ष एवं राष्ट्रिय संगितकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवालले सधैभरी कलाकारहरुको हक हितको पक्षमा क्रियाशित रहेको बताउनु भएको थियो । उहाँले पुराना कलाकारहरुलाई सम्मान र नयाँ कलाकारहरुलाई सधै प्रोत्साहन गर्ने समेत बताउनु भयो ।

कार्यक्रममा पुर्व अध्यक्ष अमृत सुनुवार, राष्ट्रिय संगितकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, समाजका वरिष्ठ उपाध्यक्ष रामकुमार पौडेल, रोज मोक्तान, रमेश दुलाल, लगाएत रामेछापवासी कलाकारहरुको उपस्थिति रहेको थियो ।