सिन्धुलीमा । असार १६ गते,
एक वर्षको अवधिमा सिन्धुलीमा झण्डै ८ सय महिला हिंसाको घटना घटेको छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, ध्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा २०१७ अप्रिलदेखि २०१८ मार्चसम्ममा ७५८ महिला हिंसाका घटना भएका हुन् ।
महिला तथा बालबालिका कार्यालय सिन्धुली, ओरेक सिन्धुली र सिएमसीको समन्वयमा सहकारीहरुले संकलन गरेको तथ्यागकमा ७५८ महिला हिंसाको घटना घटेको उल्लेख छ ।
जसमा मानसिक तनावका १७१, घरेलु हिंसाका २७६, कुटपिटका १८८, बलात्कार ८, बहुविवाह ४३, हात्महत्या ४, हात्महत्याको प्रयास ११, बोक्सिको आरोप १०, यौन हिंसा ५, अन्य ४२ वटा गरि ७ सय ५८ महिला हिंसाको घटना घटेका तथ्याकमा उल्लेख छ ।
सिन्धुलीमा एक बर्षमा आठ सय महिला हिंसाका घटना
- प्रकाशित मिति: शनिबार, असार १६ २०७५
- तामाकोसी खबर