रामेछाप । जेठ २३ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं २ कठजोर स्वास्थ्य चौकीमा जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविर बुधबार सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र मन्थली नगरपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा १ सय ९६ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य परिक्षण गराएको आयोजकले जनाएको छ । शिविर परिक्षण गराइएका अधिकांस जेष्ठ नागरिकहरुमा उच्च रत्तचाप , सुगर , पिसाव , हाडजोर्नी र पेट सम्बन्धी समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरिक्षक केशवराज फुयालले जानकारी दिए ।
शिविरमा गेलु प्राथमिक स्वास्थ्य केन्द्र डा. राजेन्द्र भण्डारी , खिम्ती स्वास्थ्य केन्द्रका डा. जीवन न्यौपाने , जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरिक्षक केशवराज फुयाल , मन्थली स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामप्रसाद प्रसाई , कविराज निरिक्षक दिपक कुमार कार्की र मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब अशिष्टेन सन्तोष सिंहको टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा रगत , दिशा पिसाव लगायत परिक्षणको सेवा समेत प्रदान गरिएको थियो ।
रामेछापको कठजोरमा जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर
- प्रकाशित मिति: बुधबार, जेष्ठ २३ २०७५
- तामाकोसी खबर