रामेछाप । राष्ट्रिय सङ्गीतकर्मी संघ, जिल्ला कार्यसमिति रामेछापले आफ्नो १२औँ साधारण सभा तथा छैटौँ अधिवेशन आगामी २०८३ साल असार २६ गते आयोजना गर्ने भएको छ।
संघका केन्द्रिय अध्यक्ष प्रकाश कटुवालका अनुसार अधिवेशन मन्थली पार्क इनमा दिउँसो १:०० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा विभिन्न सङ्गीतकर्मी, कलाकार, सांस्कृतिककर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
“हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकारको उत्थानका लागि हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस अधिवेशनमा संघको वार्षिक समीक्षा, आगामी कार्ययोजना, कलाकारहरूको हकहित, संगठन सुदृढीकरण तथा नयाँ नेतृत्व चयनलगायतका विषयमा छलफल हुने जनाइएको छ।