धोवी । गणतन्त्र दिवसको अवसर पारेर लिखुतामाकोशी गाउँपालिका–५ स्थित झट्टेश्वर माध्यमिक विद्यालय, धोबीमा वडा स्तरीय बालप्रतिभा पहिचान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले वक्तृत्वकला, निबन्ध लेखन, चित्र लेखन तथा हस्तलेखन प्रतियोगितामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा वक्तृत्वकलातर्फ झट्टेश्वर माविकी बिनिता तामाङ प्रथम, बुद्ध जनप्रिय माविकी आयुषा मगर द्वितीय, झट्टेश्वर माविकी रजनी घिसिङ तृतीय तथा बुद्ध जनप्रिय माविकी गोमादेबी बुढाथोकी सान्त्वना हुन सफल भइन्।
त्यस्तै, निबन्ध लेखनतर्फ झट्टेश्वर माविकी हिमानी चौलागाईं प्रथम, युनिसा सुनुवार द्वितीय, उज्ज्वल परियार तृतीय तथा बुद्ध जनप्रिय माविकी सोनिसा तामाङ सान्त्वना घोषित भए।
चित्र लेखन प्रतियोगितामा झट्टेश्वर माविका पदम तामाङ प्रथम, सलिना तामाङ द्वितीय, बुद्ध जनप्रिय माविका सिद्धिमान तामाङ तृतीय तथा छेरिङ्गे लालिगुराँस आधारभूत विद्यालयकी सन्जीता तामाङ सान्त्वना भइन्।
यस्तै हस्तलेखनतर्फ बुद्ध जनप्रिय माविकी रेजिना तामाङ प्रथम, छेरिङ्गे लालिगुराँस आधारभूत विद्यालयकी खुसी तामाङ द्वितीय, सेतीदेवी आधारभूत विद्यालयकी रश्मी बुढाथोकी तृतीय तथा झट्टेश्वर माविकी समीक्षा तामाङ सान्त्वना हुन सफल भइन्।
कार्यक्रमले बालबालिकाभित्र लुकेको सिर्जनशीलता, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको उजागर गरेको आयोजकले जनाएको छ।