रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा गणेश थपलिया

  • प्रकाशित मिति: आइतबार, बैशाख ६ २०८३
  • तामाकोशी

रामेछाप, रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा गणेश थपलिया निर्वाचित हुनुभएको छ। संघको तेस्रो अधिवेशनअन्तर्गत सम्पन्न बन्द सत्रले थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा कृष्ण चौलागाँइ, महिला उपाध्यक्षमा सुमिका श्रेष्ठ, उपाध्यक्षमा मेनका महत खड्का, महासचिवमा मनोज कुमार श्रेष्ठ, सचिवमा उमेश श्रेष्ठ तथा सह–सचिवमा सुमन खड्का निर्वाचित हुनुभएको छ।



त्यसैगरी कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ तथा सह कोषाध्यक्षमा मन्दिरा कर्माचार्य सहित ६ जना सदस्यहरू पनि चयन भएका छन्।