रामेछाप उद्योग वाणिज्य संघको अधिवेशन; स्थानीय अर्थतन्त्र सुदृढीकरणमा जोड

  • प्रकाशित मिति: बिहिबार, चैत्र १९ २०८२
  • तामाकोशी

रामेछाप । निजी क्षेत्रको सशक्त भूमिका र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा जोड दिँदै रामेछाप उद्योग वाणिज्य संघको १५औँ वार्षिक साधारण सभा तथा ९औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमले व्यवसायिक एकता, लगानी मैत्री वातावरण र उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा जोड दिनुपर्ने धारणा राखेका थिए।



जिल्ला समन्वय समिति प्रमुख चिना कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष समिक्षा श्रेष्ठ, नेपाली काङ्ग्रेसका उपसभापति लेख बहादुर कार्की, नेकपा (एमाले)का उपाध्यक्ष होतराज ढकाल तथा नेकपाका हेमन्त पौडेलले व्यवसायिक वातावरण सुधारमा नीतिगत सहकार्य आवश्यक रहेको औंल्याएका थिए।

यसैगरी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला प्रहरी प्रमुख भोला भट्ट तथा अनुसन्धान कार्यालय प्रमुख निर्मल पौडेल, पत्रकार महासङ्घ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ लगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।