आर्थिक गणनालाई सफल पार्न रामेछापमा सरोकारवालाको प्रतिबद्धता

  • प्रकाशित मिति: बुधबार, चैत्र १८ २०८२
  • तामाकोशी

मन्थली । राष्ट्रिय आर्थिक गणना, २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न रामेछापमा जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय, रामेछापको आयोजनामा बुधबार मन्थलीमा आयोजित कार्यक्रममा सहभागीहरूले सही तथ्याङ्क सङ्कलनका लागि ऐक्यबद्धता जनाएका हुन्।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकि प्रमुख चिना कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो ।



आर्थिक गणना अधिकारीले आर्थिक गणनाको उद्देश्य, कार्यप्रणाली र यसले देशको नीति निर्माणमा खेल्ने भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । व्यवसायिक एकाइहरूको यथार्थ विवरणले मात्र देशको आर्थिक चित्र स्पष्ट हुने बताएका थिए।कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले वास्तविक तथ्याङ्क लुकाउने प्रवृत्तिको चर्चा गर्दै यसपटकको गणनामा शुद्धता कायम गर्नुपर्नेमा जोड दिएका थिए।