काठमाडौं । आगामी प्रतिनिधि सभा मा दलगत सिटको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलको रूपमा उभिएको छ।
रास्वपाले कुल १८२ सिट जितेको छ। तीमध्ये १२५ सिट प्रत्यक्षतर्फ र ५७ सिट समानुपातिकतर्फबाट प्राप्त भएका छन्।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले कुल ३८ सिट पाएको छ, जसमा १८ सिट प्रत्यक्ष र २० सिट समानुपातिकतर्फबाट आएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले २५ सिट जितेको छ। एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले कुल १७ सिट जितेको छ, जसमा ८ सिट प्रत्यक्ष र ९ सिट समानुपातिकतर्फबाट आएका छन्।
श्रम संस्कृति पार्टी ले ७ सिट हासिल गरेको छ। उक्त दलले ३ सिट प्रत्यक्ष र ४ सिट समानुपातिकतर्फबाट जितेको हो।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ले ५ सिट प्राप्त गरेको छ। राप्रपाले १ सिट प्रत्यक्ष र ४ सिट समानुपातिक प्रणालीबाट जितेको छ।
यससँगै आगामी प्रतिनिधि सभामा विभिन्न दलहरूको शक्ति सन्तुलन स्पष्ट देखिएको छ।