रामेछाप बस दुर्घटना: मृतकका परिवारलाई क्षतिपूर्ति र कडा कानुनी कारबाही गर्ने निर्णय

  • प्रकाशित मिति: बिहिबार, माघ २९ २०८२
  • तामाकोशी

रामेछाप, माघ २९ गते । गत मिति २०८२ माघ २७ गते घटेको सवारी दुर्घटनापछि जिल्ला सुरक्षा समिति, राजनीतिक दल, जनप्रतिनिधि, अरनिको यातायात समितिका प्रतिनिधि लगाएको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । दुर्घटनामा परी ज्यान गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
बैठकले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउने क्षतिपूर्ति तत्काल उपलब्ध गराउन नेपाल अरनिको यातायात सेवा प्रा.लि.लाई निर्देशन दिएको छ । साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ । उपचार खर्चसमेत यातायात सेवा प्रा.लि.ले बेहोर्ने निर्णय गरिएको जनाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण गरी आफन्तको सहमतिमा छिटो हस्तान्तरण गर्ने तथा दाहसंस्कारका लागि आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ । सवारी चालकको लापरबाही पुष्टि भएमा प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।
यस्तै, दुर्घटनामा हराइरहेका यात्रुको खोजी कार्य जारी राख्न तथा आवश्यक परे क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । पीडित पक्षबाट प्राप्त निवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने पनि निर्णय भएको छ ।
सवारी सञ्चालन तथा सुरक्षासम्बन्धी विषयमा पनि बैठकले कडा कदम चाल्ने निर्णय गरेको छ । यात्रुको जीवन जोखिममा पार्ने गरी सवारी साधन सञ्चालन गरेको पाइएमा त्यस्ता सवारीको दर्ता खारेजीका लागि सिफारिस गरिने उल्लेख गरिएको छ । साथै, चालकको योग्यता, स्वास्थ्य परीक्षण, सवारीको नियमित प्राविधिक जाँच, ओभरस्पिड र ओभरलोड नियन्त्रणमा विशेष निगरानी गर्ने निर्णय गरिएको छ ।
सहमतिको निर्णयहरु…