मन्थलीमा बोलेरोको ठक्करबाट १६ महिनाका नाबालकको मृत्यु

  • प्रकाशित मिति: शनिबार, माघ २४ २०८२
  • तामाकोशी

रामेछाप, माघ २४ । रामेछापको मन्थलीमा बोलेरो गाडीको ठक्करबाट एक नाबालकको मृत्यु भएको छ। मन्थली बजारबाट तामाकोशी नदीतर्फ जाँदै गरेको बोलेरो गाडीले खेलिरहेका १६ महिनाका नाबालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मन्थली अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार बागमती प्रदेश ०२–०२८ च १२७२ नम्बरको बोलेरो गाडीले शनिबार बिहान करिब ८ बजे नाबालकलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल मन्थली अस्पताल लगिएको भए पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
मृतक नाबालकको शव मन्थली अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।