रामेछापको उमाकुण्ड–५ प्रीतिमा हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति: सोमबार, भाद्र ९ २०८२
  • तामाकोशी

रामेछाप । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिज–२०८२ विशेष कार्यक्रम उमाकुण्ड गाउँपालिका–५, प्रीतिमा सम्पन्न भएको छ ।

आइतबार वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा वडाभित्रका आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न पेशामा संलग्न दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।



कार्यक्रममा शुभकामना आदानप्रदानसँगै हाजिरीजवाफ प्रतियोगिता पनि गरिएको थियो । जसमा आमा समूहका महिलाहरूको सक्रिय उपस्थिति देखिएको थियो ।

आपसी सद्भाव, एकता र महिला दिदीबहिनीहरूको हौसलाका लागि यस्तो कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष कुलबहादुर बस्नेतले बताए ।