रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ पकरबासस्थित तित्रीबोटमा टिफर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
शनिवार बिहान सोही वडाको रजगाउँबाट बालुवा लिएर खाँडादेवीतर्फ गइरहेको बा ३ क ६३१ नम्बरको टिफर अचानक ब्रेक फेल भएर करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उद्धार गरी तत्काल मन्थली अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।