ललितपुर। ललितपुर-१२ स्थित लगनखेल बसपार्कमा आधुनिक सेवा सुविधा सहितको ‘होटेल नमुना क्याफे’ हिजोबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ।
व्यवसायी भिम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, बिनोद श्रेष्ठ लगाएत को लगानिमा सञ्चालित यस क्याफेले स्थानीयस्तरमा गुणस्तरीय सेवा प्रदान गर्दै पाहुना सत्कारको नयाँ उदाहरण स्थापित गर्ने लक्ष्य राखेको छ।
होटेल नमुना क्याफेको उद्घाटन एक विशेष समारोहबीच संघीय सांसद प्रेम बहादुर महर्जनले गरेका थिए। कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, चर्चित हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्नेबुढो) लगायत स्थानीय समाजसेवी, व्यापारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
भिम श्रेष्ठले कार्यक्रममा बोल्दै स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले होटेल सञ्चालनमा ल्याइएको जानकारी गराए। उनले रोजगारी सिर्जना र उच्चस्तरीय सेवा प्रदान गर्दै लगनखेल क्षेत्रको पहिचान थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
होटेल नमुना क्याफेमा स्वच्छ वातावरण, विविध स्वादका परिकारहरू, शान्त र पारिवारिक वातावरण तथा अनुभवी कर्मचारीको सेवा उपलब्ध हुने जनाइएको छ।
सांसद प्रेम बहादुर महर्जनले उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय तहमा यस्ता लगानीले विकासको गति थपिने विश्वास व्यक्त गरे। हास्यकलाकार माग्नेबुढोले भने स्वदेशमै आधुनिक सुविधा प्रयोग गर्न सकिने अवस्था बनिरहेकोमा खुसी व्यक्त गरे।
लगनखेलको व्यस्त परिवेशमा यात्रु तथा स्थानीयवासीका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको होटेल नमुना क्याफेले ललितपुरको आतिथ्य व्यवसायमा नयाँ उचाइ थप्ने विश्वास लिइएको छ।




