रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–४ को बुर्सुवामा सडक खन्ने क्रममा एक्स्काभेटर दुर्घटना भएको छ । सोमबार दिउँसो बुर्सुवामा सडक खन्दै गरेको बा.२ क. ६८२० को एक्स्काभेटर दुर्घटना भएको हो । एक्स्काभेटर करिब ३ सय मिटर तल झरेको भए पनि चालक र सहचालक सकुशल रहेका छन् । सडक खन्ने क्रममा एक्कासि तलको जमिन सरेको थाहा पाएपछि आफू हाम फालेर बाच्न सफल भएको चालक तुलसा बस्नेतले बताउनुभयो ।
दुर्घटना भएको एक्स्काभेटर इलाका प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले खोजी गर्दा ३ घण्टा पछि करिब ३ सय मिटर तल खोजमा फेला परेका छन् । गाउँपालिकाको केन्द्र देखि बुर्सुबा हुँदै गुप्तेश्वरको ढुङ्गेसम्मको नयाँ सडक खन्ने क्रममा एक्स्काभेटर दुर्घटना भएको हो ।
उमाकुण्ड गाउँपालिका–४ प्रीतिमा एक्स्काभेटर दुर्घटना
- प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०८२
- तामाकोशी