प्रियङ्का अभिनीत ‘सबैलाई छोडेर’

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २२ २०८२
  • तामाकोशी

काठमाडौँ । पछिल्लो समय अभिनेत्री प्रियङ्का कार्की फिल्म भन्दा बढी म्युजिक भिडियोमा देखिन थालेकी छन् ।

उनै प्रियङ्का अभिनीत नयाँ भिडियो ‘सबैलाई छोडेर’ सार्वजनिक भएको छ । भिडियो अभिनयमा प्रियङ्कालाई अभिनो बिन्दे मर्हजनले साथ दिएका छन् ।



गायक सज्जु मानन्धरको स्वर रहेको यो गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । डा। राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।