प्रेस चौतरीले अरुले भन्दा रचनात्मक काम गर्नुपर्छ : महासचिव लामा

  • प्रकाशित मिति: शनिबार, बैशाख २७ २०८२
  • तामाकोशी

दोलखा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले प्रेस चौतारी नेपालको जितको सुनौलो समय सुरु भएको बताउनुभएको छ । शनिवार दोलखाको जिरीमा भएको प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

इतिहासमा प्रेस चौतारी नेपालले धेरै पटक हारिसकेकाले अहिले जितको सुनौलो समय सुरु भएकाले एकताबद्ध रूपमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।



अहिले पनि प्रेस चौतारी अन्य संगठन भन्दा फरक र उन्नत रहेकाले संगठनले अझै रचनात्मक कामहरू गर्नुपर्नेमा उहाँको जोड छ । संगठनमा कमान्ड, कन्ट्रोल र सञ्चार महत्त्वपूर्ण हुने भएकाले यो विषयलाई बुझेर काम गर्न चौतारीकर्मीहरूलाई उहाँको आग्रह छ ।

संगठन बलियो बनाउन शुद्धीकरण र सुदृढीकरण अत्यावश्यक भएकाले सोही अनुसारको चौतारीले कार्य योजना बनाएर काम गर्ने उहाँले बताउनुभयो । पछिल्लो समय सञ्चार गृह र पत्रकारमाथि घोषित रूपमै आक्रमणका घटनाहरू भइरहेको उहाँले बताउनुभयो । मिडिया कसैको नियन्त्रणमा हुन नहुने समेत उहाँको भनाइ छ ।