रामेछापमा बोलेरो दुर्घटनाः २ जनाको मृत्यु, घाइतेको सङ्ख्या १५ जना पुग्यो

  • प्रकाशित मिति: बिहिबार, चैत्र २७ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सिमाना ठाँटीमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या १५ जना पुगेको छ ।

मन्थली नगरपालिका–३ को एैरमबास देवी थान मन्दिरबाट फर्किँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष १२ की भूमिका श्रेष्ठको घटना स्थलमै मृत्यु भएको मन्थली नगरपालिका–२ वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।



दुर्घटनामा परी वर्ष ५१ का शेरबहादुर रोका, वर्ष ५६ का नवराज श्रेष्ठ, मन्थली नगरपालिका–२ का ६६ वर्षका जहानदास नेपाली, मन्थली–३ का वर्ष ६४ का जगन्नाथ श्रेष्ठ, मन्थली–२ का ६८ वर्षीय होम नारायण श्रेष्ठ, मन्थली–३ का ६१ वर्षीय कालु श्रेष्ठ, मन्थली–२ का ४१ वर्षीय ठाकुर नारायण श्रेष्ठ घाइते हुनुभएको छ ।

त्यसै गरी मन्थली–३ का वर्ष ५६ वर्षीय कृष्णबहादुर रोका, मन्थली–२ का ३६ वर्षीय मनोजकुमार श्रेष्ठ, मन्थली–२ की ८ बर्सिया तुलसा श्रेष्ठ, मन्थली–२ की २१ बर्सिया करुणा श्रेष्ठ, मन्थली–३ की १० वर्षकी नरकुमारी पाण्डे, मन्थली–३ का ५५ बर्सिया कृष्णनारायण श्रेष्ठ, मन्थली–३ का ६५ वर्षीय कैलाश नारायण श्रेष्ठ र सोही वडाका खतबहादुर पाण्डे पनि घाइते हुनुभएको छ । घाइतेहरूको मन्थली अस्पतालमा उपचार जारी रहेकोमा ४ जनाको अवस्था गम्भीर भएपछि काठमाडौँ लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।