रामेछाप । वर्षाका कारण रामेछापको मन्थली–लुक्ला उडान अवरुद्ध भएको छ । बिहानैदेखि भएको वर्षाका कारण बिहीबार एउटा पनि मन्थली–लुक्ला उडान हुन नसकेको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।
लुक्लाको मौसम राम्रो भए पनि रामेछापमा वर्षा जारी रहेकाले विमानको धावन मार्ग सफा नहुँदा उडान हुन नसकेको उहाँले बताउनुभयो ।
बिहीबार तारा एयरको १३, समिट एयरको १४ र सीता एयरको ६ वटा गरी ३३ वटा उडान अवरुद्ध हुँदा ४ सय भन्दा बढी पर्यटक मन्थलीमै रोकिएका छन् ।
नागरिक उड्डयन प्राधिकरणले सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पु¥याउने गरेको छ ।
(वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ६० वटा भन्दा बढी उडानमार्फत ८५० जनासम्म पर्यटक लुक्ला पुग्ने गरेका छन् ।
वर्षाले मन्थली लुक्ला उडान अवरुद्ध हुँदा ४ सय बढी पर्यटक मन्थलीमा रोकिए
- प्रकाशित मिति: बिहिबार, चैत्र २७ २०८१
- तामाकोशी