काभ्रेको दाउनेमा बस दुर्घटना, रामेछापका ६ सहित ११ जना घाइते

  • प्रकाशित मिति: बिहिबार, चैत्र २७ २०८१
  • तामाकोशी

रामेछाप । काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ आइरहेको यात्रुबाहक बस बीपी राजमार्ग अन्तरगत काभ्रेमा दुर्घटना भएको छ। काभ्रे रोशी गाउँपालिका–९ दाउने मोडमा बिहीबार बिहान प्रदेश ३–०१– ००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीमध्ये ४ जनाको मेथिनकोट अस्पताल र ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ ।



घाइते मध्ये सोलुखुम्बुकी सुन्तली विकको अवस्था गम्भीर रहेको छ। यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे.१ ख ३३९४ नं. को हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको छ। प्रहरीका अनुसार बसमा सवार १५ जना सवार रहेका थिए। बस चालक मंगलटार प्रहरीको नियन्त्रणमा रहेका छन् ।
घाइतेहरुको अवस्था हेर्नुहोस्
१) जिल्ला सोलु लिखुपिके गा.पा. ३ बस्ने बर्ष ७३ की सुन्तली बि.क. टाउकोमा चोट (अवस्था गम्भिर)
२) ऐ.ऐ. बस्ने बर्ष ७० को छत्र ब. बि.क. टाउकोमा चोट (अवस्था मध्यम)
३ )जिल्ला रामेछाप मन्थली न.पा. ९ बस्ने बर्ष अ. ३४ को रामसरण बि.क. टाउको र दाहिने पातोमा चोट (अबस्था मध्यम )
४)जि. काभ्रे बनेपा न.पा.१३ बस्ने बर्ष ३३ कि सिता श्रेष्ठ टाउको ठोकिएको (अबस्था मधयम)
५) जि. रामेछाप गोकुलगंगा गा.पा.१ बस्ने बर्ष अ. २७ को पुजन श्रेष्ठ बाया करङ ठोकिएको (अबस्था मध्यम)
६) जिल्ला काठमाण्डौ नागार्जुन न.पा.९ बस्ने बर्ष अ. ३५ को कुमुद देबकोटा टाउको र ढाडमा चोट (अबस्था मध्यम)
७) जिल्ला भक्तपुर चागुनारायण न.पा.४ बस्ने बर्ष ६२ को जनक बुढाथोकि नाकमा चोट (अबस्था सामान्य डिस्चार्ज भएको )
८) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.५ बस्ने बर्ष ३५ को पदम सुनुवार टाउकोमा चोट (अबस्था मध्यम)
९) जिल्ला रामेछाप बाम्तिभण्डार बस्ने बर्ष ५० को ङावा सेर्पा करङ ठोकिएको (अबस्था मध्यम)
१०) ऐ.ऐ.बस्ने निजको छोरा बर्ष १० को ङिमा सेर्पा नाकमा चोट (अबस्था सामान्य )
११) जिल्ला रामेछाप गोकुलगंगा गा.पा.३ बस्ने बर्ष २० कि सुजता सुनुवार (सामान्य डिस्चार्ज भएको )