रामेछाप । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले नयाँ र उज्यालो नेपाल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस रामेछापले आयोजना गरेको विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम अन्तरगत रामेछाप अस्पतालको कार्यक्रममा बोल्दै राज्यमन्त्री तामाङले यस्तो बताउनुभएको हो ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र आफ्नो उज्यालो र नयाँ नेपाल निर्माण गरी सुखी नेपाली बनाउने लक्ष्य लिएकाले यो लक्ष्य पुरा गर्न सबै लाग्नुपर्नेमा उहाँको जोड छ । यो देशका कुना कुनामा रहेका गरिबहरूहरुले महसुस गर्ने गरी सरकारले सुविधाहरू उपलब्ध गराउनुपर्ने कुरामा जोड दिँदै राज्यमन्त्री तामाङले सोही अनुसार आफूले काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
बिपी जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस रामेछाप तय गरेको कार्यक्रम अनुसार राज्यमन्त्री तामाङले सदरमुकाम मन्थली स्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यसपछि मन्थली स्थित तामाकोसी अस्पताल, मन्थली प्रादेशिक अस्पताल, रामेछाप सामुदायिक अस्पताल, दिल श्री मेडिकल हल र रामेछाप प्रादेशिक अस्पतालका बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण कार्यक्रममा सहभागी हुनुभएको थियो ।
गरिबले महसुस गर्ने गरी सरकारले सुविधा दिनुपर्छ : राज्यमन्त्री तामाङ
- प्रकाशित मिति: सोमबार, भाद्र २४ २०८१
- तामाकोशी