रामेछाप । नेकपा (एमाले) रामेछापको जिल्ला इन्चार्जमा नेता कमल चौलागाई तोकिएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री चौलागाईलाई रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो । बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज र अधिकांश जिल्लामा पनि इन्चार्जहरू तोकेको छ । केन्द्रीय सदस्य माधव ढुङ्गेलले रामेछाप प्रदेशसभा–२ को इन्चार्जको जिम्मेवारी पाएका छन् । उनी केन्द्रीय सङ्गठन विभागका सचिव पनि हुन । केन्द्रीय सदस्य गीता कार्कीलाई रामेछाप प्रदेश सभा–१ मा इन्चार्जका रूपमा खटाएको छ । यसअघि एमाले रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी छिमेकी जिल्ला सिन्धुलीका गणेश पहाडीले सम्हालेका थिए ।
एमाले रामेछापको इन्चार्ज कमल चौलागाई, प्रदेश सभा–१ मा कार्की र प्रदेश सभा–२ मा ढुङ्गेल तोकिए
- प्रकाशित मिति: शुक्रबार, साउन १८ २०८१
- तामाकोशी